काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.०३ अंकले बढेर २ हजार ६ सय ५४.९३ विन्दुमा कायम भएको छ । बुधबार ४ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ बराबरको सेयर किनबेच भयो ।
बिहीबार १३७ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो । बिहीबार धेरै कारोबार भएका कम्पनीमा अपी पावर, आँखुखोला जलविद्युत्, एसवाई प्यानल, ङादी ग्रुप, र रिडी पावर अगाडि रहेका छन् ।
यस्तै, निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशत बढ्यो । बैंकिङ ०.६४, विकास बैंक ०.१३, फाइनान्स ०.७१, हाइड्रोपावर ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ तथा व्यापार ०.४६ प्रतिशत बढे । होटल तथा पर्यटन ०.१६, उत्पादन तथा प्रशोधन ०.४१ र माइक्रोफाइनान्स सूचक ०.२८ प्रतिशत घटे ।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.२६, हिमस्टार ऊर्जाको ६, झापा इनर्जीको ३.९३, मोलुङ हाइड्रोपावरको ३.७३ प्रतिशत बढ्यो । श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशत घट्यो । सुपर माइ हाइड्रोपावरको ३.२५ तथा रिडी पावरको २.८१ प्रतिशत घट्यो ।

















