• Home
  • Lifestyle and Travel
  • बालबालिकाको सुरक्षित वर्तमानबिना समृद्ध नेपाल सम्भव छैन
Image

बालबालिकाको सुरक्षित वर्तमानबिना समृद्ध नेपाल सम्भव छैन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मानसिं वाइबा मकवानपुरको बकैया–६, ज्यामिरेका बालक हुन् जसले बालश्रमबाट उद्धार पाएका छन् र अहिले स्नातक अध्ययनरत छन्।

सम्माननीय प्रधानमन्त्रीज्यू

म मानसिं वाइबा ।  मेरो घर बकैया–६,ज्यामिरे, मकवानपुर जिल्लामा पर्छ । जुन अहिले पनि अत्यन्त दुर्गम मानिन्छ । म बालक हुँदै श्रमशोषणमा परेर उद्धार भएको व्यक्ति हुँ ।

मेरो परिवारमा दुई छाक खान समेत समस्या थियो । बुबाआमा वृद्ध अवस्थामा पुगिसकेको, दिदीहरूको बिहे भइसकेको र म एक्लो छोरो भएकाले कठिन अवस्थामा परिवारको जिम्मेवारी मैले नै उठाउनुपर्ने अवस्था आयो । मेरो बाध्यता देखेर गलैँचा ठेकेदारले फकायो । धेरै कमाउन सकिने लोभ देखायो । पढ्ने रहर हुँदाहुँदै गलैँचा बुन्न काठमाडौँ आएँ ।

भर्खर ११ वर्षको उमेर, जाडो महिना थियो । शरीरमा कपडा पातलो शर्ट र पाइन्ट मात्र । यही अवस्थामा गलैँचाको धागोमा सुतेर काम गरेँ । तर, न पैसा दिइयो, न केही अन्य सुविधा । यसरी आफूमाथि शोषण भएपछि त्यहाँबाट छोडेर होटेलमा भाँडा माझ्ने काम गर्न थालेँ । फेरि त्यहाँ पनि काम गर्ने दाइहरूले रक्सी खाएर रातिराति मलाई पिट्ने गर्थे ।

साहु–साहुनीलाई भन्दा पनि ती दाइहरू उनीहरूको आफन्त पर्ने हुनाले अलिअलि गाली गर्थे अरू केही गर्दैनथे । सताउने क्रम चलिरह्यो । धेरै सहेपछि मैले हिम्मत जुटाएर पुलिस स्टेशनमा गएर समस्या सुनाएँ।

त्यसपछि चाइल्ड रेस्क्यू नेपाल, नेपाल प्रहरी र ईस्थर बेन्जामिन स्मृति संस्थाको सहयोगबाट मेरो उद्धार भयो । यो वि.सं. २०७२ को कुरा थियो ।

ईस्थर बेन्जामिन स्मृति संस्थाको घरमा संरक्षण गरी पढाइ, लेखाइ र अन्य सुविधा दिएर राख्नुभयो । मैले मेरो घरको समस्या पनि बताएँ र परिवारमा पनि केही सहयोग मिल्यो ।

मैले त्यहाँ बसेर करिब ३ वर्ष पढेँ । त्यसपछि मलाई गाउँमै बसेर पढ्न मन लागेकाले संस्थाको सहयोगमा गाउँमै बसेर पढेँ । कक्षा ८ सकेर कोभिड महामारीपछि फेरि काठमाडौँमा आएँ र पढाइ जारी राखेँ । अहिले यही संस्थाको सहयोगमा १२ कक्षा पास गरेँ । यसरी शिक्षामा फर्किन सफल भएर अहिले स्नातक अध्ययनरत छु ।

आज म सचेत नागरिकका रूपमा उभिन सक्ने भएको छु, तर मेरो जस्तै अवस्था अझै पनि देशका हजारौं बालबालिकाले भोगिरहेका छन् । ती बालबालिकाको समस्या सरकारले किन सम्बोधन गर्न सकिरहेको छैन ?

हुन त नेपालको संविधानमा बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, शोषण विरुद्धको अधिकार तथा सम्मानजनक जीवनको अधिकार सुनिश्चित गरिएको छ । बालश्रमलाई कानुनी रूपमा निषेध पनि गरिएकै छ । तर, यसका बाबजुद मानिसहरूका घर, शहरका गल्ली र चोकमा रहेका रेष्टुराँ, मोटरसाइकल वर्कशप, कलकारखानाहरूमा बालबालिकाहरूलाई काममा लगाइन्छ । विभिन्न तवरले शोषण गरिन्छ ।

सन् २०२१ नेपाल बालश्रम प्रतिवेदनको तथ्यांक अनुसार करिब ११ लाख भन्दा बढी बालबालिका अझै बालश्रममा रहेका छन् । ती मध्ये मेरो जस्तै र अझ त्यो भन्दा पनि ठूलो समस्या झेलिरहेका धेरै होलान् ।

मैले त कसैगरी हिम्मत जुटाएर नियम कानुनको सहारा लिई आफ्नो जीवनको दिशा परिवर्तन गर्न सकेँ तर मजस्ता हजारौँ भाइबहिनी शायद अलमलिएर शोषण भोग्न बाध्य छन् । यी कानूनको सक्रिय कार्यान्वन गराई सम्बन्धित समूहलाई राहत दिन अनिवार्य छ । अब आउँदो दिनमा बालश्रम र बालशोषण जस्ता समस्यालाई दोहोरिन नदिन सरकारले विविध कदम चल्न आवश्यक छ ।

बालसंरक्षणको क्षेत्रमा कहिले स्वयंसेवक बनेर त कहिले यस क्षेत्रमा कार्यरत संस्थाको प्रशिक्षार्थी बनेर मैले केही उद्घार गरिएका बालबालिकाहरूसँग पनि कुराकानी गर्ने मौका पाएको छु । श्रम तथा बेचबिखनमा परेका र अभिभावकविहीन बालबालिकाले जन्म दर्ता, नागरिकताजस्ता कागजात पाउन नसकेको समस्या उत्तिकै जटिल रहेछ । यही कारण उद्घार भएका बालबालिकाले उच्च शिक्षा र नागरिक अधिकारबाट बञ्चित हुनु परेको छ ।

राज्यले प्रभावकारी नीति र कार्यक्रम लागू गरे यस खालका बालबालिकाले सुरक्षित भविष्य प्राप्त गर्न सक्छन् भन्ने विश्वास आफ्नै अनुभवबाट पनि मिलेको छ ।

यी बालबालिकाको उचित तवरले उद्धार, संरक्षण, र बालविकासमा संविधान र प्रचलित कानुन बमोजिम बालश्रमविरुद्ध शून्य सहनशीलताको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ ।

बालबालिकाको सुरक्षित वर्तमान बिना समृद्ध नेपालको भविष्य सम्भव छैन । त्यसैले यस विषयलाई राष्ट्रिय प्राथमिकतामा राखी ठोस, समयबद्ध र परिणाममुखी पहल गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछु ।





Source link

Releated Posts

A wish, an ask, and a testimony

I am beyond thrilled to share that my visual storytelling project ÅFRÖSWÈ̩DÉ̩ has been shortlisted for the Global…

ByByNews on SantoshHub May 8, 2026

Thoughts on the most flattering compliment I’ve ever received

Compliments are a complicated thing. They can be genuine or passive-aggressive. They can feed our egos or chip…

ByByNews on SantoshHub Apr 20, 2026

Which One is Right For You?

The river cruise vs ocean cruise debate is one that’s fairly new. Ocean cruises have long dominated the…

ByByNews on SantoshHub Apr 4, 2026

Black-Owned Wineries in Napa and Sonoma.

Black-owned wineries in Napa and Sonoma are making waves in the wine industry, and I’m here to highlight…

ByByNews on SantoshHub Apr 4, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top