• Home
  • Lifestyle and Travel
  • आमाको नामबाट नागरिकता लिन अझै बाधा, पीडितहरूको गुनासो
Image

आमाको नामबाट नागरिकता लिन अझै बाधा, पीडितहरूको गुनासो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने भए पनि कार्यान्वयनमा समस्या हुँदा धेरै नागरिक अझै नागरिकताविहीन छन्।

१७ चैत्र, काठमाडौं । कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था भए पनि कार्यान्वयनमा समस्या हुँदा धेरै नागरिक अझै नागरिकताविहीन बन्नुपरेको पीडितहरूले बताएका छन् ।

मंगलबार सिटिजनसीप अफेक्टेड पिपल्स नेटवर्क (सीएपीएन), नेसनालिटी फर अल (एनएफए) र ग्लोबल क्याम्पियन फर इक्वल नेसनालिटी राइट (जीसीइएनआर) को संयुक्त आयोजनामा ‘आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था, चुनौती र आवश्यक संवैधानिक संशोधन’ विषयक छलफल सम्पन्न भयो ।

छलफलमा सहभागीहरूले कानुन संशोधन भए पनि व्यवहारमा आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै झन्झट र असहजता रहेको बताए ।

कार्यक्रममा एक पीडितले आमा नेपाली र बुबा भारतीय भए पनि आफू सधैँ नेपालमै बस्दा ३६ वर्षसम्म नागरिकता नपाएको गुनासो गरे ।

‘१६ वर्षदेखि प्रयास गरिरहेँ, तर अझै अनागरिक छु । नागरिकताकै कारण पढाइ र रोजगारीमा असर पर्‍यो, मानसिक समस्या समेत झेल्नुपर्‍यो,’ उनले भने।

त्यस्तै अर्की सहभागीले एकल आमाको नामबाट नागरिकता बनाउन जाँदा आमाको चरित्रमाथि प्रश्न उठाइने र अपमानजनक प्रश्नहरूको सामना गर्नुपरेको गुनासो गरिन् ।

विश्वका १९५ मध्ये १७२ देशहरूमा नि:शर्त आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्छन् । अझै २४ वटा देशमा आमाको नामबाट नागरिकता पाउन असहज छ । एसियाका ४ देशले आमाको नामबाट नागरिकता दिएका छैनन् ।

दक्षिण एसियामा नेपालमा मात्रै आमाको नामबाट नागरिकता पाउन असहज छ । संविधानतः उल्लेख गरिए पनि विभिन्न सर्तहरूसहित नागरिकता नियमावली संशोधन गरिएको छ । जसविरुद्ध पीडित र सरोकारवाला निकायहरूले ध्यानाकर्षण गरेका छन् ।

कार्यक्रममा सहभागीहरूले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न र प्रक्रिया सहज तथा सम्मानजनक बनाउन आवश्यक रहेको बताएका छन् ।





Source link

Releated Posts

The first set of ÅFRÖFÍNN images

In June, I was in Helsinki, Finland, where I was shooting the pilot of ÅFRÖFÍNN. Thank you to…

ByByNews on SantoshHub Jul 11, 2026

Inhabit Queen’s Gardens Hotel Review: Finding Calm in London

Can a London hotel truly help you slow down? In this contributor feature, Deborah Kombe checks into Inhabit…

ByByNews on SantoshHub Jul 7, 2026

10 Bottles Worth Discovering This Season

M&S Summer White Wines take centre stage as HDYTI Editor-in-Chief, Eulanda Shead Osagiede, prepares for an Afro-Mediterranean cherry…

ByByNews on SantoshHub Jul 7, 2026

Life post-divorce – Lola Akinmade

Thoughts on life post-divorce… July 2025 My kids and I spent hours together looking through old photos and…

ByByNews on SantoshHub Jun 20, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top