• Home
  • Lifestyle and Travel
  • काममा किन पछि पर्छन् महिला ? यस्तो छ अनुसन्धानको निष्कर्ष
Image

काममा किन पछि पर्छन् महिला ? यस्तो छ अनुसन्धानको निष्कर्ष


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अनुसन्धानले देखाएको छ कि महिलाहरूले घरायसी र अफिस दुवै कार्यभार बोकेर समय अभावका कारण प्रतिस्पर्धामा पछि परिरहेका छन्।

कार्यस्थलमा महिलाहरू पछि पर्नुको मुख्य कारण विभेद वा कम तलब मात्रै हो त ? यूनिभर्सिटी अफ इस्ट लन्डन (यूइएल) का प्रोफेसर तोयिन आदिसा र उनको टोलीले गरेको एक नयाँ अनुसन्धानले यसको एउटा अर्कै र गहिरो कारण फेला पारेको छ । त्यो हो ‘हिडन टाइम ग्याप’ ।

‘इन्टरनेशनल जर्नल अफ म्यानेजमेन्ट रिभ्युज’ मा प्रकाशित यस शोधले ८८ वटा विभिन्न अध्ययनहरूको विश्लेषण गर्दै निष्कर्ष निकालेको छ । जस अनुसार महिलाहरू कार्यस्थलमा आफ्नो क्षमता वा महत्त्वाकांक्षाको कमीले होइन, बरु ‘समयको अभाव’ का कारण प्रतिस्पर्धामा पछि परिरहेका छन्।

दोहोरो कार्यभारको मार

अनुसन्धान अनुसार धेरैजसो महिलाहरूले वास्तवमा ‘दुईवटा जागिर’ गरिरहेका हुन्छन् । एउटा अफिसको पारिश्रमिक पाइने काम र अर्को घरभित्रको बेतलबी काम, जसमा हेरचाह, खाना पकाउने र अन्य घरायसी जिम्मेवारीहरू पर्दछन्।

यस ‘दोहोरो कार्यभार’ ले गर्दा महिलाहरूसँग नेटवर्किङ, तालिम, कार्यस्थलमा आफ्नो उपस्थिति बलियो बनाउने र करियर वृद्धिका लागि आवश्यक अतिरिक्त समय नै बाँकी रहँदैन।

प्रोफेसर आदिसा भन्छन्, ‘महिलाहरू पछि पर्नुको कारण उनीहरूमा क्षमता नभएर होइन, बरु उनीहरूले बोकेको ‘दोहोरो सिफ्ट’ लाई कार्यस्थलले अझै पनि बेवास्ता गरिरहनु हो । हामीले अझै पनि यस्तो ‘आदर्श कामदार’ को कल्पना गरेर जागिरको डिजाइन गरिरहेका छौँ, जसको घरमा कुनै जिम्मेवारी छैन र ऊसँग असीमित समय छ ।’

फ्लेक्सिबल वर्किङ मात्रै पर्याप्त छैन

अध्ययनले एउटा रोचक तथ्य बाहिर ल्याएको छ । धेरै संस्थाहरूले ‘फ्लेक्सिबल वर्किङ’ को सुविधा दिए पनि यसले समस्या समाधान गर्न सकेको छैन । किनभने, काम गर्ने समय लचिलो भए पनि उत्पादकत्व र उपलब्धताको अपेक्षा भने पुरानै ‘आदर्श कामदार’ को मोडलमा आधारित छ । यसले गर्दा महिलाहरू झन् बढी मानसिक दबाबमा पर्ने गरेका छन् ।

यो समस्या केवल अफ्रिकी वा विकासोन्मुख देशहरूको मात्र नभई विश्वव्यापी ढाँचा बनेको अनुसन्धानले देखाएको छ । विशेषगरी सन्तान भएपछिको मातृत्वको अवस्था र सांस्कृतिक अपेक्षाहरूले महिलाको समयलाई यसरी खुम्च्याइदिन्छ कि, उनीहरूले पुरुष सहकर्मीहरूसँग समान रूपमा प्रतिस्पर्धा गर्नै सक्दैनन् ।

सतही सुधार होइन, संरचनात्मक परिवर्तन

प्रोफेसर आदिसा र उनको टोलीले यस समस्या समाधानका लागि केवल सानातिना नीतिगत हेरफेरले मात्र नपुग्ने चेतावनी दिएका छन् । उनीहरूले निम्न बुँदाहरूमा जोड दिएका छन्:

शिशु स्याहारमा सहयोग : कार्यस्थलमै वा नजिकै गुणस्तरीय शिशु स्याहारको व्यवस्था हुनुपर्छ ।

कार्यभारको न्यायोचित वितरण : महिला र पुरुष दुवैलाई समान रूपमा घरायसी र व्यावसायिक कार्यभारको बाँडफाँड गर्नु आवश्यक छ ।

कामको पुनर्संरचना : कामको मूल्याङ्कन समयको आधारमा नभई नतिजाको आधारमा गर्ने र मानिसका घरायसी जिम्मेवारीलाई सम्मान गर्नुपर्छ ।

‘यदि हामी साँच्चै समावेशी कार्यस्थल चाहन्छौँ भने, समाजले ‘हेरचाह’ लाई दिने मूल्य र कार्यालयले कामदारबाट राख्ने अपेक्षालाई पुनर्विचार गर्नुपर्छ’ आदिसाले भने ।





Source link

Releated Posts

The first set of ÅFRÖFÍNN images

In June, I was in Helsinki, Finland, where I was shooting the pilot of ÅFRÖFÍNN. Thank you to…

ByByNews on SantoshHub Jul 11, 2026

Inhabit Queen’s Gardens Hotel Review: Finding Calm in London

Can a London hotel truly help you slow down? In this contributor feature, Deborah Kombe checks into Inhabit…

ByByNews on SantoshHub Jul 7, 2026

10 Bottles Worth Discovering This Season

M&S Summer White Wines take centre stage as HDYTI Editor-in-Chief, Eulanda Shead Osagiede, prepares for an Afro-Mediterranean cherry…

ByByNews on SantoshHub Jul 7, 2026

Life post-divorce – Lola Akinmade

Thoughts on life post-divorce… July 2025 My kids and I spent hours together looking through old photos and…

ByByNews on SantoshHub Jun 20, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top