• Home
  • Financial News
  • नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार
Image

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ । यो २.६२ प्रतिशतको गिरावट हो ।

बुधबार ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता सेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई दशमलव ६७ र जीवन बिमा दुई दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३९, लघुवित्त एक दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९७, निर्जीवन बिमा दुई दशमलव २२, व्यापार तीन दशमलव ९६ र अन्य समूह पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको  ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

यो वर्षको आठ महिनामा कालोसूचीबाट बाहिरिए ११ हजार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म ११ हजार १०१ ऋणी कालोसूचीबाट बाहिरिएका छन् । यही बेला ३४ हजार ५…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top