• Home
  • Financial News
  • ३८ प्रतिशत घट्यो सेयर कारोबार
Image

३८ प्रतिशत घट्यो सेयर कारोबार


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.७८ अंकले घटेर २ हजार ७९६.५७ विन्दुमा झरेको छ । बुधबार ३४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थिर रह्यो । बुधबारको सेयर बजारमा कारोबार रकम भने ३८ प्रतिशतले घटेको छ । मंगलबार २१ अर्ब ५० करोडको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोडमा खुम्चियो ।

बुधबार धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप अगाडि रहेका छन् । बुधबारको बजारमा व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटे ।

दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३३, रिडी पावरको ५.७२ प्रतिशत मूल्य बढ्यो । कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घट्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशत मूल्य घट्यो ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top