• Home
  • Financial News
  • १९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्याे
Image

१९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्याे


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.७० अंकले बढेर २ हजार ८५१.०९ विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने केही घटेको छ । सोमबार १२ अर्ब ९६ करोडको कारोबार भएकोमा मंगलबार ११ अर्ब ११ करोडको सेयर किनबेच भयो ।

मंगलबारको कारोबारमा १९५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको घट्यो भने ९ कम्पनीको स्थिर रह्यो । बजारका धेरैजसो समूहगत सूचक बढेका छन् । मंगलबार धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक अगाडि रहेका छन् ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।

यस्तै, मंगलबारको कारोबारमा ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् । त्यस्तै, सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशत घट्यो । रिडी पावरको ३.२१ तथा धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशत मूल्य घट्यो ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top