• Home
  • Business
  • १५ अर्ब लगानीमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ ल्याउँदै चौधरी ग्रुप
Image

१५ अर्ब लगानीमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ ल्याउँदै चौधरी ग्रुप


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चौधरी ग्रुपले मेरिअट इन्टरनेसनलसँग साझेदारीमा नेपालमा ‘द रिट्ज-कार्लटन’ लक्जरी होटल ल्याउने घोषणा गरेको छ।
  • रिट्ज-कार्लटन काठमाडौं परियोजनाको लागत करिब १५ अर्ब रुपैयाँ र २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
  • परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको पर्यटन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

१३ चैत, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ । यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हुनेछ ।

सन् १९८३ मा स्थापित रिट्ज-कार्लटन ब्रान्डले हाल ३० देशमा १ सय ८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आईजे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ ।

रिट्ज-कार्लटन काठमाडौंको भूमिपूजन कार्यक्रम शुक्रबार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा सम्पन्न भएको छ । यस परियोजनामा १ सय ५० कोठा क्षमता सहित अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो समेत रहने छ ।

दरबारमार्ग नजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यो परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर (१५ अर्ब रुपैयाँ) रहने छ । परियोजना सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य छ ।

होटल सञ्चालनमा आएपछि प्रतिरात प्रतिकोठा १ हजार डलरभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने छ ।

सीजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजना मार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्दनका लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन् ।

परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको विकासलाई अर्को स्तरमा लैजानमा केन्द्रित रहने लगानीकर्ताहरूको अपेक्षा छ ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार रिट्ज–कार्लटन प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय स्तरमा योगदान पुर्‍याउने प्रतिबद्धता पुष्टि गर्छ ।

‘आजको यो पहल केवल परियोजना उद्घाटनका लागिमात्र होइन, यो युवा सोच, युवा उद्यमीहरूको पहल हो जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन्,’ उनले भने, ‘यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारप्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो, यस परियोजना मार्फत हामी रोजगारी सिर्जना, उच्चस्तरीय पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धि बढाउन राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउन अडिग छौं ।’

सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्दै आएको छ ।

हाल सीजी हस्पिटालिटी ग्लोबलको पोर्टफोलियोमा १२ देशका १ सय ३० गन्तव्यमा २ सय ३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन् जसमा १५ हजारभन्दा बढी कोठा क्षमता छ ।

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना, सबैभन्दा ठूलो करदाता र रोजगार सिर्जनामा अग्रणी संस्था हो । चौधरी ग्रुपको राजस्व योगदान सरकारको वार्षिक राजस्वको करिब २ प्रतिशत बराबर छ ।

आर्थिक वर्ष २०८१/८२ मा चौधरी ग्रुपले २५ अर्ब ५९ करोड रुपैयाँ सरकारको राजस्वमा योगदान गरेको थियो । पछिल्ला पाँच वर्षमा चौधरी ग्रुपले कुल ९२ अर्ब २६ करोड रुपैयाँ बराबर राजस्व योगदान पुर्‍याइसकेको छ ।





Source link

Releated Posts

LARRY KUDLOW: Trump has smashed Iran’s capabilities for decades

FOX Business host Larry Kudlow discusses what is next in efforts to end the Iran conflict on ‘Kudlow.’…

ByByNews on SantoshHub Jun 17, 2026

AbbVie: Maintaining My Strong Buy Rating After Label Expansion

AbbVie: Maintaining My Strong Buy Rating After Label Expansion Source link

ByByNews on SantoshHub Jun 17, 2026

Rivian lays off hundreds in service division as it restructures teams

SlateStone Wealth chief market strategist Kenny Polcari discusses whether investors are too dependent on AI, Space X’s IPO…

ByByNews on SantoshHub Jun 17, 2026

Five International Dividend Growers Your Screen Is Distorting

This article was written by Follow Dr. Joseph E. Jones is a professor at The University of Southern…

ByByNews on SantoshHub Jun 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top