काठमाडौं- नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर दुई हजार ८७९.११ को बिन्दुमा कायम भएको हो । यो २.४० प्रतिशतको गिरावट हो ।
आइतबार ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७.९८ को कारोबार भएको छ । आइतबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । दुई सय ५५ कम्पनीको सेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.१७ प्रतिशतले घटेको छ ।


















