• Home
  • Economy
  • शासकीय सुधारका कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण
Image

शासकीय सुधारका कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण


काठमाडौं– सरकारले शासकीय प्रणालीमा व्यापक सुधार ल्याउने उद्देश्यसहित ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ स्वीकृत गरेसँगै देशको प्रशासनिक, आर्थिक तथा विकास व्यवस्थापन क्षेत्रमा नयाँ बहस सुरु भएको छ ।

चैत १३ को मन्त्रिपरिषद् बैठकले पारित गरेको यो योजना सार्वजनिक खरिद, परियोजना व्यवस्थापन, लगानी प्रवद्र्धन, निजी क्षेत्र सुदृढीकरण तथा पर्यटन विकाससम्म फैलिएको छ । सरकारले आमनिर्वाचन २०८२ को जनादेश र जेनजी आन्दोलनको भावना समेट्दै ल्याएको यो कार्यसूचीलाई महत्वाकांक्षी सुधार प्याकेजका रूपमा हेरिएको छ । तर, यसको सफल कार्यान्वयन भने चुनौतीपूर्ण हुने धारणा जानकारहरुको छ ।

सरकारले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन काम र भ्रष्टाचार नियन्त्रण गर्न ३० दिनभित्र कानुन संशोधन गर्ने लक्ष्य राखेको छ । ‘भ्यालु फर मनी’, ‘लाइफ साइकल कस्टिङ’ र ‘परफर्मेन्स बेस्ड कन्ट्रयाक्टिङ’ जस्ता अवधारणालाई कार्यान्वयनमा ल्याउने योजना छ । यससँगै खरिद प्रक्रियालाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र ट्रयाकिङ योग्य बनाउने घोषणा गरिएको छ । विज्ञहरूका अनुसार, यदि प्रभावकारी रूपमा लागु गरिएमा यसले भ्रष्टाचार न्यूनीकरण र प्रतिस्पर्धा वृद्धि गर्न सक्छ । तर, प्रविधि, पूर्वाधार, कर्मचारी क्षमता र राजनीतिक इच्छाशक्तिको अभावले कार्यान्वयनमा अवरोध आउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

सरकारले राष्ट्रिय स्तरको ‘प्रोजेक्ट पाइपलाइन’ तयार गरी परियोजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्ने योजना ल्याएको छ । दुई महिनाभित्र आर्थिक, सामाजिक र वातावरणीय मापदण्डका आधारमा परियोजना छनोट गरिनेछ ।

लामो समयदेखि अलपत्र परेका तथा असफल ठेक्का प्रक्रियाका आयोजनाहरूलाई पुनरावलोकन गरी आवश्यक परे प्रत्यक्ष सरकारी कम्पनीमार्फत कार्यान्वयन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । विशेषगरी ‘फास्ट ट्रयाक मेकानिजम’ मार्फत जग्गा अधिग्रहण, मुआब्जा, वातावरणीय स्वीकृति जस्ता प्रक्रियालाई छिटो बनाउने प्रयास सकारात्मक मानिएको छ । तर, अन्तरनिकाय समन्वयको कमजोरी पुरानै समस्या भएकाले यसको प्रभावकारिता व्यवहारमा निर्भर रहने देखिन्छ ।
आयोजनाको छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया ट्रयाक गर्न ९० दिनभित्र ‘एन्ड–टु–एन्ड ई–प्रोक्योरमेन्ट प्रणाली’ लागु गर्ने लक्ष्य राखिएको छ । यसले भेरिएसन आदेश दुरुपयोग र अनियमितता घटाउने अपेक्षा गरिएको छ । त्यसैगरी, विभिन्न कानुनी र प्रशासनिक अवरोध हटाउन ६० दिनभित्र ‘प्रोजेक्ट फ्यासिलिटेसन’ सम्बन्धी छाता कानुन ल्याउने तयारी गरिएको छ ।

लगानीको वातावरण सुधार गर्न उद्योग दर्ता प्रक्रियालाई सरल बनाउँदै ‘स्टार्टअप फास्ट ट्रयाक’ प्रणाली लागु गर्ने सरकारको योजना छ, जसले दुई दिनभित्र व्यवसाय दर्ता गर्ने लक्ष्य राखेको छ । ‘वन डोर बिजनेस प्लेटफर्म’ मार्फत कर दर्ता, बैंक खाता र अनुमति प्रक्रियालाई एकीकृत गर्ने योजना पनि अघि सारिएको छ ।

लगानी बोर्ड अन्तर्गत एकद्वार स्वीकृति प्रणाली स्थापना, जोखिम भार घटाउने मौद्रिक नीति र निजी क्षेत्र संरक्षण रणनीति जस्ता कदमहरूले लगानी आकर्षणमा सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । सरकारले निजी क्षेत्रको सुरक्षा, पुनस्र्थापना र प्रवद्र्धनका लागि विशेष रणनीति ल्याउने घोषणा गरेको छ । जेनजी आन्दोलनबाट प्रभावित व्यवसायलाई राहत प्याकेज दिने, कर सहुलियत र ऋण पुनर्संरचना गर्ने योजना समावेश छ । रोजगार सेवा केन्द्रलाई ‘सीप तथा उद्यमशीलता केन्द्र’ मा रूपान्तरण गर्ने योजना पनि रोजगारी सिर्जनामा महत्वपूर्ण मानिएको छ ।

पूर्वसचिव अर्जुनजंग थापाले सरकारले अघि सारेको १०० दिने कार्ययोजना र पछिल्ला गतिविधिहरूलाई मिश्रित तर आशावादी रूपमा लिएका छन् । उनका अनुसार सरकारले अघि सारेका योजनामध्ये करिब ७० प्रतिशत लक्ष्य हासिल गर्न सकिने खालका छन् । विगतका सरकारहरूले पनि यस्तै प्रकृतिका कार्ययोजना ल्याउने गरेको भए पनि वर्तमान सरकारले केही नयाँ र सकारात्मक प्रयास सुरु गरेको उनले बताए । उनले भने, ‘विशेषगरी सरकारी सेवाहरूलाई डिजिटाइज गर्ने र सवारी चालक अनुमतिपत्र छिटो वितरण गर्ने जस्ता विषयहरू नयाँ र जनपक्षीय देखिएका छन् ।’

सरकारी कामकाजलाई ‘पेपरलेस’ बनाउने र फाइलहरू इलेक्ट्रोनिक माध्यमबाटै एक तहबाट अर्को तहमा पठाउने प्रणाली पहिले नै उपलब्ध भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । ‘सफ्टवेयर र सिस्टम पहिले नै छ, खाली प्रयोगमात्र नगरिएको हो,’ पूर्वसचिव थापाले भने, ‘अहिले यसलाई कडाइका साथ लागु गर्ने तयारी देखिन्छ, जुन सकारात्मक छ ।’

सरकारले अरूको तुलनामा यस पटक आन्तरिक तयारीमा बढी ध्यान दिएको समेत देखिएको छ । थापाका अनुसार निर्माणका क्षेत्रमा केही गम्भीर चुनौतीहरू छन् । विशेषगरी पुँजी अभाव र भुक्तानी रोकिएका कारण ठेक्का प्रक्रियामा समस्या देखिएको छ । महत्वपूर्ण आयोजनाहरूमा समेत बजेट अभावका कारण काम रोकिने अवस्था आएको र ठेकेदारहरूले आफ्नै खर्चमा काम गरिरहेको अवस्था छ ।

विगतमा राजनीतिक स्वार्थका कारण खर्च नहुने ठाउँमा बजेट विनियोजन गर्ने र तयारी नै नभएका नयाँ आयोजनामा पैसा राख्ने प्रवृत्तिका कारण बजेट ‘फ्रिज’ हुने र काम भइरहेका ठाउँमा पैसा अभाव हुने अवस्था थियो । अहिलेका मन्त्रीहरूमा व्यक्तिगत लोभलालच कम देखिएको र उनीहरू कामप्रति प्रतिबद्ध देखिएको छ । पूर्वसचिव थापाले भने, ‘यदि मन्त्रीहरूले प्रशासनिक हस्तक्षेप नगरी काम गर्ने वातावरण मिलाउने हो भने स्रोतसाधनको केही अभावका बाबजुद पनि सरकारको कार्ययोजना सफल हुन सक्ने देखिन्छ ।’





Source link

Releated Posts

Grocery Prices (and Forecasts) | Econbrowser

As of the April 2026 CPI release: Figure 1: CPI – food at home (black), January 2025 ERS…

ByByNews on SantoshHub May 13, 2026

Price Levels Relative to January 2025

Everyday prices outstripping measured CPI and subindices: Figure 1: CPI-all urban (bold black), CPI wage earners and clerical…

ByByNews on SantoshHub May 13, 2026

Coffee Break: Armed Madhouse – Ageing Patriots

For more than four decades, the Patriot defensive missile system has occupied a central place in the architecture…

ByByNews on SantoshHub May 13, 2026

Real Hourly Wages for April

Using today’s CPI release: Figure 1: Average hourly earnings deflated by CPI (blue), Cleveland Fed nowcast as of…

ByByNews on SantoshHub May 12, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top