• Home
  • Economy
  • राजस्व चुवावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन
Image

राजस्व चुवावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन


काठमाडौं- मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रीय राजश्व चुहावट नियन्त्रण समिति’को महत्त्वपूर्ण बैठक भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङसँगै प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूको सहभागिता रहेको थियो । यस्तै, राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भुमिकालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण र विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा भएको छ । अर्थमन्त्री डा. वाग्लेले राजश्व प्रशासनसँग सम्बन्धित विभिन्न महाशाखा तथा विभागका प्रमुखहरूलाई राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न निर्देशन दिने कार्यक्रम रहेको छ ।





Source link

Releated Posts

Grocery Prices (and Forecasts) | Econbrowser

As of the April 2026 CPI release: Figure 1: CPI – food at home (black), January 2025 ERS…

ByByNews on SantoshHub May 13, 2026

Price Levels Relative to January 2025

Everyday prices outstripping measured CPI and subindices: Figure 1: CPI-all urban (bold black), CPI wage earners and clerical…

ByByNews on SantoshHub May 13, 2026

Coffee Break: Armed Madhouse – Ageing Patriots

For more than four decades, the Patriot defensive missile system has occupied a central place in the architecture…

ByByNews on SantoshHub May 13, 2026

Real Hourly Wages for April

Using today’s CPI release: Figure 1: Average hourly earnings deflated by CPI (blue), Cleveland Fed nowcast as of…

ByByNews on SantoshHub May 12, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top