• Home
  • Financial News
  • नेप्से परिसूचक ५४ अंकले बढ्याे, साढे २३ अर्ब बढीको कारोबार
Image

नेप्से परिसूचक ५४ अंकले बढ्याे, साढे २३ अर्ब बढीको कारोबार


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५१ अंक बढेर २ हजार ९ सय ३१.५५ विन्दुमा कायम भएको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ६४ अंकले बढेर २१ अर्ब २२ करोडको कारोबार भएको सेयर बजारमा आइतबार २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको किनबेच भयो ।

आइतबार १८३ कम्पनीको मूल्य बढ्दा ७३ कम्पनीको घट्यो भने ८ कम्पनीको स्थिर रह्यो । आइतबार धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप र हिमाल दोलखा हाइड्रोपावर अगाडि रहेका छन् । व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् ।

व्यापार समूह ०.११ प्रतिशत घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढ्यो । यस्तै, बैंकिङ २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३, होटल तथा पर्यटन ३.०५, हाइड्रोपावर ०.३३, लगानी ०.७७, जीवन बीमा २.००, उत्पादन तथा प्रशोधन १.९३, निर्जीवन बीमा २.७२ तथा अन्य समूह १.७१ प्रतिशत बढे ।

१० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्त छन् । सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top