• Home
  • Financial News
  • नेप्से परिसूचक २३ अंकले बढ्यो
Image

नेप्से परिसूचक २३ अंकले बढ्यो


काठमाडौं- यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८३ अंकले बढेर दुई हजार ९६०.४० को बिन्दुमा पुगेको छ । मंगलबार ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर एक लाख २६ हजार ९४७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा बैंकिङ शून्य दशमलव ६७, विकास बैंक एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ ।

अरू सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८ र अन्य समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव ५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै रादी विद्युत् कम्पनी लिमिटेडको ६७ करोड ४३ लाख ८४ हजार ३४१ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर सेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको छ ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top