• Home
  • Financial News
  • चैतमा मुद्दती निक्षेपको औसत ब्याजदर झनै घट्यो
Image

चैतमा मुद्दती निक्षेपको औसत ब्याजदर झनै घट्यो


काठमाडौं– निक्षेपकर्ताहरूले बैंकमा मुद्दती निक्षेपमा रकम राखेबापत पाउने ब्याजदर चैत महिनाका लागि झनै घटेको छ । बैंकहरूले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार, बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ४.४९ प्रतिशत विन्दुमा झरेको छ ।

फागुन महिनामा ४.५६ प्रतिशत विन्दु रहेकोमा चैतमा ०.०७ प्रतिशत विन्दु घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ वटाले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो । १४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

त्यस्तै, बैंकहरुले संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटाएका छन् । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको हो ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका हुन् । पछिल्ला महिनाहरूमा मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दै जाँदा बचतकर्ता मारमा परेका छन् ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top