काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.७१ अंक घटेर २ हजार ८३१.३९ विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १५ अर्ब ३ करोडको कारोबार भएकोमा सोमबार १२ अर्ब ९६ करोडको सेयर किनबेच भयो ।
सोमबारकाे काराेबारमा २६ कम्पनीको मूल्य बढ्दा २३७ कम्पनीको घट्यो भने ५ कम्पनीको स्थिर रह्यो । सोमबार सेयर बजारका सबै समूहगत सूचक घटेका छन् । सोमबार धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी अगाडि रहेका छन् ।
व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशत बढ्यो । सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.७९, युनिक नेपाल लघुवित्तको ७.२३, सीवाईसी लघुवित्तको ६.८६, मल्टिपर्पज फाइनान्सको ४.९३ प्रतिशत मूल्य घट्यो ।

















