काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अंकले बढेर दुई हजार ६७४.२० को बिन्दुमा कायम भएको छ । यो ०.७२ प्रतिशतको वृद्धि हो ।
आइतबार ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१.३६ को कारोबार भएको छ ।
आइतबार सबै समूहको उपसूचक बढेको छ । सलपा विकास बैंक लिमिटेडको सेयर मूल्य आइतबार सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ३६ करोड पाँच लाख तीन हजार १४० बराबरको कारोबार भएको छ ।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता सेयर किनबेच भएको छ ।

















