काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.५१ अंकले बढेर २ हजार ८ सय १२.३४ विन्दुमा पुगेको छ । सोमबार ११ अर्ब ९७ करोडको कारोबार भएकोमा मंगलबार १२ अर्ब ३ करोड ४४ लाख छ हजार ३२८ बराबरको सेयर किनबेच भयो ।
मंगलबारको सेयर बजारमा १३२ कम्पनीको मूल्य बढ्दा ११३ कम्पनीको घट्यो भने १७ कम्पनीको स्थिर रह्यो । मंगलबार धेरै कारोबार भएका कम्पनीमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर अगाडि रहेका छन् ।
हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढे । यस्तै, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ तथा अन्य समूह ०.१० प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, लिबर्टी इनर्जीको ७.५३, माहुली लघुवित्तको ६.४४ तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो । अपरहेवाखोला हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य घट्यो ।

















