• Home
  • Financial News
  • पाँच चरणमा मात्रै पुँजीगत खाता पूर्ण उदारीकरण गर्नुपर्ने
Image

पाँच चरणमा मात्रै पुँजीगत खाता पूर्ण उदारीकरण गर्नुपर्ने


काठमाडौं– राष्ट्र बैंकको एक अध्ययनले पुँजीगत खाता उदारीकरण अथवा खोल्दै जाँदा एक वित्तीय सुरक्षा संयन्त्रको स्थापना अनिवार्य भएको बताएको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले गरेको विदेशी विनिमय नीतिको उदारीकरणसम्बन्धी अध्ययनले पाँच चरणमा पुँजीगत खाता उदारीकरण गर्न सुझाव दिएको हो ।

अध्ययनले पुँजी खाता उदारीकरण गर्दा पहिलो चरणमा न्यून उतारचढावपूर्ण र दीर्घकालीन रणनीतिक ‘इक्विटी इन्भेष्टमेन्ट’ मात्रै खुला गर्नुपर्ने सुझाव दिएको छ । दोस्रो चरणमा धितोपत्र बजारमा सूचीकृत सेयरलगायत धितोपत्रहरूमा गैरआवासीय नेपालीका लागि लगानीको अनुमति दिन उपयुक्त हुने सुझाव अध्ययन प्रतिवेदनमा छ ।

तेस्रो चरणमा स्थानीय मुद्रामा आधारित सरकारी ऋणपत्रहरूमा पोर्टफोलियो लगानी अनुमति दिन सकिने सिफारिस गरिएको छ । चौथो चरणमा अल्पकालीन बाह्य ऋण र अन्तरदेशीय वित्तीय लगानीलाई खोल्न सकिने प्रस्ताव गरिएको छ । पाँचौं चरणमा मात्रै पुँजीगत खाता पूर्ण उदारीकरण गर्न सकिने राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

प्रतिवेदनले मध्यमदेखि दीर्घकालीन रणनीतिका रूपमा क्रमश: र ससर्त पुँजीगत खाता खुला गर्दै जाने दृष्टिकोण कायम राख्नु उपयुक्त हुने सुझाव दिएको हो । बजारमुखी कानुनी ढाँचामा सुधार गर्न, ब्याजदरमा आधारित मौद्रिक नीति अपनाउन, लचिलो विनिमय दर प्रणालीमा जान, पुँजीबजारको खुलापन र आन्तरिक वित्तीय सुधारबीच सामञ्जस्यता सुनिश्चित गर्न तथा आपतकालीन प्रतिक्रिया क्षमता सुदृढ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

पुँजीगत खाता उदारीकरणका लागि राष्ट्र बैंकले मौद्रिक क्षेत्र स्थिरीकरण ऋणपत्र जारी गर्ने जस्ता निक्षेप खिच्ने उपकरणहरूको विविधीकरण गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, मुद्राको क्रयशक्ति र वास्तविक प्रभावकारी विनिमय दरको विश्लेषणका आधारमा नेपाली रुपैयाँको अवमूल्यन गरी भारतीय रुपैयाँसँगको विनिमय दर पुन: समायोजन गर्न सुझाव दिएको छ ।

त्यसपछि भारतीय रुपैयाँ, चिनियाँ युआन र अमेरिकी डलरको बास्केटमा आधारित ‘म्यानेज्ड फ्लोटिङ’ विनिमय दर प्रणालीमा जान उपयुक्त हुने सुझाव दिएको छ । क्रिप्टोकरेन्सी लगायतबाट हुनसक्ने रेमिटेन्स र भुक्तानी प्रणालीको सम्भावित विस्तारलाई ध्यानमा राख्दै नियामकीय नीतिहरू सुधार गर्न सुझाव दिएको छ । पुँजीगत खाता खुला गर्दा हुन सक्ने सम्भावित पुँजी पलायनको जोखिम न्यूनीकरण गर्न राष्ट्र बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिति सुदृढ गर्नुपर्ने बताइएको छ ।

पुँजीगत खातामा पूर्ण उदारीकरणपछि हुने पुँजी पलायनको जोखिम न्यूनीकरण गर्न भारतीय रिजर्भ बैंक र सार्क फ्रेमवर्कअन्तर्गत ‘करेन्सी स्वाप’ सुविधाहरू विस्तार गर्न तथा वैदेशिक विनिमय सूचना प्रणाली स्थापना गरी पुँजीको आवतजावतलाई सूक्ष्म रूपमा निगरानी गर्न उक्त अध्ययनले सिफारिस गरेको छ ।

नेपालको वैदेशिक विनिमय बजारलाई व्यवस्थित गर्न नीति निर्माता र बजार सहभागीहरू सम्मिलित ‘फरेन एक्सचेन्ज मार्केट अपरेसन काउन्सिल’ गठन गर्न प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकले ब्याजदरमा आधारित मौद्रिक नीति अवलम्बन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top