• Home
  • Business
  • मलेसियाका पूर्वप्रधानमन्त्री रजाकले सरकारी कम्पनीलाई सवा अर्ब डलर तिर्नुपर्ने अदालतको आदेश
Image

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकले सरकारी कम्पनीलाई सवा अर्ब डलर तिर्नुपर्ने अदालतको आदेश


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोष दुरुपयोग गरेको ठहर गर्दै १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ।
  • न्यायाधीश अहमद फिरुज जैनोल अबिदिनले नजिबले एसआरसी इन्टरनेसनललाई १ अर्ब १८ करोड डलर नोक्सानी पुर्‍याएको र १२ करोड डलर हिनामिना गरेको ठहर गरेका छन्।
  • नजिबले पदीय शक्ति दुरुपयोग गरी निवृत्तिभरण कोषबाट एसआरसीलाई ४ अर्ब रिंगिट ऋण दिलाएका थिए र उक्त रकम अफसोर खातामा पठाइएको अदालतले जनाएको छ।

१७ चैत, काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोष दुरुपयोग र पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै १ अर्ब ३० करोड अमेरिकी डलर (करिब ५ अर्ब २५ करोड मलेसियाली रिंगिट) भुक्तानी गर्न आदेश दिएको छ ।

मलेसिया सरकारको लगानी भएको एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा सुनुवाइ गर्दै अदालतले रजाकलाई उक्त कम्पनीको नोक्सानीका लागि जिम्मेवार ठहर्‍याउँदै १ अर्ब ३० करोड (करिब १ खर्ब ९५ करोड रुपैयाँ) बराबर भुक्तानी गर्नुपर्ने फैसला गरेको हो ।

मलेसियाको एक उच्च अदालतका न्यायाधीश अहमद फिरुज जैनोल अबिदिनले मंगलबार सुनाएको फैसला अनुसार नजिब रजाकले आफ्नो पद दुरुपयोग गरी एसआरसी इन्टरनेसनललाई १ अर्ब १८ करोड डलर बराबरको नोक्सानी पुर्‍याएका थिए ।

यसबाहेक कम्पनीको रकम हिनामिना गरी व्यक्तिगत बैंक खातामा जम्मा गरेको १२ करोड डलर र त्यसको क्षतिपूर्ति समेत गरी कुल १ अर्ब ३० करोड डलर तिर्नुपर्ने आदेश अदालतले दिएको मलेसियाली मिडियाले उल्लेख गरेका छन् ।

न्यायाधीशका अनुसार रजाकले पदीय शक्ति दुरुपयोग गरी निवृत्तिभरण कोषबाट एसआरसीलाई ४ अर्ब रिंगिट ऋण दिलाएका थिए, जसको सरकारी ग्यारेन्टी समेत उनकै पहलमा भएको थियो । उक्त ऋण रकममध्ये ३ अर्ब ६० करोड रिंगिट कुनै उचित सुपरिवेक्षणविना नै वैदेशिक लगानीका नाममा ‘अफसोर’ खाताहरूमा पठाइएको र पछि हिनामिना भएको अदालतको ठहर छ ।

के हो एसआरसी स्क्यान्डल ?

यो प्रकरण मलेसियाको बहुचर्चित वानएमडीबी घोटालासँग प्रत्यक्ष जोडिएको छ । मलेसियाको अर्थ मन्त्रालयको लगानी रहेको एसआरसी इन्टरनेसनल सुरुमा वानएमडीबीकै एउटा सहायक कम्पनीका रूपमा स्थापना गरिएको थियो ।

वानएमडीबी काण्ड विश्वकै ठूला वित्तीय घोटालामध्ये एक मानिन्छ, जहाँ अर्बौं डलर सरकारी रकम विकासका नाममा ल्याएर निजी स्वार्थका लागि प्रयोग गरिएको आरोप छ ।

अदालतका अनुसार नजिब रजाकले एसआरसीमा आफ्नो पूर्ण नियन्त्रण कायम राख्न ‘एडभाइजर इमिरिटस’ भन्ने नयाँ पद सिर्जना गरेका थिए । यस पद प्रयोग गर्दै उनले कम्पनीको सञ्चालक समितिलाई बाइपास गरेर स्वेच्छाचारी निर्णयहरू गरेका थिए ।

न्यायाधीशले आफ्नो फैसलामा भनेका छन्, ‘नजिबले संस्थागत चेक एन्ड ब्यालेन्सका सबै संयन्त्र ध्वस्त पारे र शक्तिको चरम दुरुपयोग गरे ।’

अनुसन्धान क्रममा अफसोर सम्पत्ति पुन: प्राप्ति विशेषज्ञ एन्जेला बारहाउसले रजाकको बैंक खातामा १२ करोड डलर कसरी पुग्यो भन्ने विस्तृत प्रमाण पेस गरेकी थिइन् । एसआरसीबाट विभिन्न मध्यस्थ संस्थाहरू हुँदै उक्त रकम रजाकको निजी खातामा पुगेको प्रमाण अदालतले स्वीकार गरेको छ ।

फैसला लगत्तै नजिब रजाकका वकिल तान श्री मोहम्मद शफी अब्दुल्लाहले उक्त निर्णय विरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जानकारी दिएका छन् । अदालतले पुनरावेदन प्रक्रियाका लागि १४ दिनको समय दिएको छ ।

नजिब रजाकले आफूमाथिको दायित्व अन्य सञ्चालकहरूमाथि थोपर्ने प्रयास गरे पनि अदालतले त्यसलाई अस्वीकार गरिदिएको छ । यो फैसलाले मलेसियाको राजनीति र भ्रष्टाचार विरोधी अभियानमा ठूलो प्रभाव पार्ने अपेक्षा छ ।





Source link

Releated Posts

NKT A/S 2026 Q1 – Results – Earnings Call Presentation (OTCMKTS:NRKBY) 2026-05-13

This article was written by Follow Seeking Alpha’s transcripts team is responsible for the development of all of…

ByByNews on SantoshHub May 13, 2026

On Holding: The Market Mistakes A Marathon For A Sprint

On Holding: The Market Mistakes A Marathon For A Sprint Source link

ByByNews on SantoshHub May 13, 2026

Jushi Holdings Inc. (JUSHF) Q1 2026 Earnings Call Transcript

Operator Ladies and gentlemen, greetings, and welcome to the Jushi Holdings Inc. Q1 2026 Earnings Conference Call [Operator…

ByByNews on SantoshHub May 13, 2026

Avery Dennison: Hold For Now, Due To Uneven Segment Results (NYSE:AVY)

This article was written by Follow I have a masters degree in Analytics from Northwestern University and a…

ByByNews on SantoshHub May 13, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top