• Home
  • Business
  • ट्रम्पको एक घोषणाले विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि
Image

ट्रम्पको एक घोषणाले विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेपछि विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ।
  • अमेरिकी डाओ जोन्स इन्डेक्सले मंगलबार २.४९ प्रतिशत र एसएण्डपी ५०० सूचकले २.९१ प्रतिशत वृद्धि देखाएका छन्।
  • जापानको निक्की ५.२४ प्रतिशत, भारतको बीएसई सेन्सेक्स १.६५ प्रतिशत, चीनको सांघाई कम्पोजिट १.४६ प्रतिशत र लन्डनको एफटीएसई २.०३ प्रतिशतले वृद्धि भएको छ।

१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेसँगै विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अमेरिकाले इरानसँग युद्ध थालेयता विश्वका ठूला बजार ओरालो लागेका थिए ।

अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स मंगलबार एकै दिन २.४९ प्रतिशत बढेको छ । समग्रमा यो सूचक विगत महिनामा ५.२४ प्रतिशत घटेको छ । ट्रम्पको युद्ध अन्त्य गर्ने घोषणा सँगै अमेरिकी स्टक मार्केटमा उच्च वृद्धि देखिएको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।

त्यस्तै अमेरिकी ठूला ५०० कम्पनीको सूचकलाई जनाउने एसएण्डपी मंगलबार २.९१ प्रतिशत नै बढेको छ । जापानको निक्की बुधबार एकैदिन ५.२४ प्रतिशत बढेको छ । समग्रमा यो सूचक एक महिनामा ७.४४ प्रतिशत घटेको छ । तर ट्रम्पको घोषणापछि बुधबार एकै दिन ५.२४ प्रतिशतको वृद्धि देखिएको हो ।

भारतको बीएसई सेन्सेक्स बुधबार एकैदिन १.६५ प्रतिशत (१ हजार १८६ अंक) बढेको छ । यो वृद्धिसँगै बीएसई सेन्सेक्स ७३ हजार १३४ अंकमा पुगेको छ । त्यस्तै निफ्टी ५० सूचक १.५६ प्रतिशत बढेको छ ।

चीनको सांघाई कम्पोजिट इन्डेक्स बुधबार एकैदिन १.४६ प्रतिशत बढेको छ । लन्डनको एफटीएसई इन्डेक्स पनि बुधबार खुल्नासाथ तीव्र उकालो लागेको छ । सो बजार खुलेको ४ घण्टामै २.०३ प्रतिशत बढेको छ ।





Source link

Releated Posts

NKT A/S 2026 Q1 – Results – Earnings Call Presentation (OTCMKTS:NRKBY) 2026-05-13

This article was written by Follow Seeking Alpha’s transcripts team is responsible for the development of all of…

ByByNews on SantoshHub May 13, 2026

On Holding: The Market Mistakes A Marathon For A Sprint

On Holding: The Market Mistakes A Marathon For A Sprint Source link

ByByNews on SantoshHub May 13, 2026

Jushi Holdings Inc. (JUSHF) Q1 2026 Earnings Call Transcript

Operator Ladies and gentlemen, greetings, and welcome to the Jushi Holdings Inc. Q1 2026 Earnings Conference Call [Operator…

ByByNews on SantoshHub May 13, 2026

Avery Dennison: Hold For Now, Due To Uneven Segment Results (NYSE:AVY)

This article was written by Follow I have a masters degree in Analytics from Northwestern University and a…

ByByNews on SantoshHub May 13, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top