• Home
  • Lifestyle and Travel
  • महिला उद्यम प्रवर्द्धनमा मिडियाको भूमिका विषयमा छलफल
Image

महिला उद्यम प्रवर्द्धनमा मिडियाको भूमिका विषयमा छलफल



१६ चैत, काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धनमा मिडियाको भूमिकाबारे सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मूलधारका सञ्चारमाध्यमले महिला उद्यमीका विषयलाई कति प्राथमिकता दिएका छन् भन्ने विषयमा विस्तृत छलफल गरियो ।

छलफलमा सहभागी सम्पादक, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरूले महिलाका साना–साना उद्यमका कथा पनि सकारात्मक ढंगले मिडियामा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । सञ्चारिका समूहले जिआईजेड नेपालको सहयोगमा देशभरका महिला उद्यमीहरूको संघर्ष र सफलताका कथामा आधारित २१ वटा ‘उद्यमी महिला’ शीर्षकका फेलोसिप स्टोरीहरू प्रकाशन गरेको जानकारी दिइयो ।

बाह्रखरीका प्रधान सम्पादक हरिबहादुर थापाले राजनीतिक विषयले मात्र प्राथमिकता पाइरहेको वर्तमान अवस्थामा महिला उद्यमीका प्रेरणादायी कथालाई मूलधारमा ल्याउनु सकारात्मक कदम भएको बताए । उनले साना भए पनि प्रेरणादायी विषयहरू उजागर गर्दा अन्य महिलालाई उद्यमशीलतामा लाग्न हौसला मिल्ने उल्लेख गरे ।

कार्यक्रममा महिला उद्यमी श्याम वदन श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै महिला उद्यमीहरूले परिवारको जिम्मेवारीसँगै बचत समय प्रयोग गरेर व्यवसाय गरिरहेको भए पनि मिडियाले पर्याप्त स्थान नदिएको गुनासो गरिन् । उनले मिडियाबाट हौसला र बजार प्रवर्द्धनमा सहयोग आवश्यक रहेको बताइन् ।

मानवअधिकारकर्मी चरण प्रसाईंले महिला उद्यमसँग सम्बन्धित विषयलाई मानवअधिकारको दृष्टिकोणबाट उठान गर्नुपर्ने बताए । उनले साना व्यवसायमा संलग्न महिलाप्रति सरकारको संवेदनशीलता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने धारणा राखे ।

सञ्चारिका समूहकी सल्लाहकार तथा पूर्वअध्यक्ष बबिता बस्नेतले डिजिटल माध्यममार्फत महिला उद्यमको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । उनले साना उद्यमका संघर्षका कथा डिजिटल प्लेटफर्मबाट व्यापक रूपमा फैलाउन सकिने बताइन् ।

अधिवक्ता पुनदेवी महर्जनले सफलताका कथासँगै कानुनी पक्षलाई पनि मजबुत बनाउन मिडियाले ध्यान दिनुपर्ने उल्लेख गरिन् । जिआईजेड नेपालकी कम्पोनेन्ट म्यानेजर बिनिजा नेपालले महिला उद्यमशीलता प्रवर्द्धनमा मिडिया र विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको बताइन् ।

कार्यक्रममा प्रस्तुत गरिएको ६ महिनाको अध्ययन प्रतिवेदनअनुसार विभिन्न प्रदेशमा महिला सम्बन्धी समाचारका विषय फरक–फरक रहेका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी र स्वास्थ्यसम्बन्धी विषय बढी उठाइएका छन् भने अन्य प्रदेशमा उद्यमशीलता, डिजिटल व्यवसाय र राजनीतिक सहभागितासम्बन्धी समाचारलाई प्राथमिकता दिइएको पाइएको छ ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले अझै पनि सञ्चारमाध्यममा महिलाका सफलताभन्दा हिंसा, बलात्कार र आरोपजस्ता नकारात्मक विषयलाई बढी प्राथमिकता दिइएको बताइन् ।

कार्यक्रममा २१ जना फेलो, सम्पादक, मेन्टर, नागरिक समाजका प्रतिनिधि, अधिवक्ता तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।





Source link

Releated Posts

The first set of ÅFRÖFÍNN images

In June, I was in Helsinki, Finland, where I was shooting the pilot of ÅFRÖFÍNN. Thank you to…

ByByNews on SantoshHub Jul 11, 2026

Inhabit Queen’s Gardens Hotel Review: Finding Calm in London

Can a London hotel truly help you slow down? In this contributor feature, Deborah Kombe checks into Inhabit…

ByByNews on SantoshHub Jul 7, 2026

10 Bottles Worth Discovering This Season

M&S Summer White Wines take centre stage as HDYTI Editor-in-Chief, Eulanda Shead Osagiede, prepares for an Afro-Mediterranean cherry…

ByByNews on SantoshHub Jul 7, 2026

Life post-divorce – Lola Akinmade

Thoughts on life post-divorce… July 2025 My kids and I spent hours together looking through old photos and…

ByByNews on SantoshHub Jun 20, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top