• Home
  • Business
  • सेयर बजारले नयाँ सरकारलाई गरेन विश्वास, प्रारम्भिक कारोबारमै गिरावट
Image

सेयर बजारले नयाँ सरकारलाई गरेन विश्वास, प्रारम्भिक कारोबारमै गिरावट


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नयाँ सरकार बनेपछि आइतबार सेयर बजारमा नेप्से परिसूचक ३५ अंकले घटेर २९१४ अंकमा पुगेको छ।
  • प्रारम्भिक कारोबारमा बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन लगायत सबै समूहका सूचक १ प्रतिशतभन्दा धेरैले घटेका छन्।
  • बजार घट्नुको मुख्य कारण नाफा बुक हुनु र नयाँ सरकार बनेपछि धरपकड बढेर मनोविज्ञानमा असर परेको जानकारले बताएका छन्।

१५ चैत, काठमाडौं । नयाँ सरकार बनेसँगै आइतबार बजारमा खरिद अवसर नै नपाइने कतिपयको बुझाइ थियो । अर्थात् बजारमा सकारात्मक सर्किट ब्रेक समेत लाग्न सक्ने अनुमान थिए । करिब दुई तिहाइको सरकार भएकाले राजनीतिक स्थिरता आउने अपेक्षाले बजारलाई पनि प्रभाव पार्ने अनुमान थियो ।

तर आइतबार खुलेको सेयर बजार भने घटेको छ । प्रारम्भिक कारोबारका क्रममा बजार ओरालो लागेको हो । कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३५ अंक घटेको छ ।

यो गिरावटपछि नेप्से २ हजार ९१४ अंकमा छ । पहिलो एक घण्टामा ४ अर्ब २० करोडको कारोबार भएको छ । १२ बजेसम्म सबै समूहका सूचक घटेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, व्यापार तथा माइक्रोफाइनान्स १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

त्यस्तै १० कम्पनीको मूल्य बढ्दा २५२ को घटेको छ भने ३ को स्थिर रहेको छ । बजारमा हालै सूचीकृत भएका केही नयाँ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर रिजलाइन इनर्जी, भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।

आजको प्रारम्भिक कारोबारका क्रममा बजार घट्नुको प्रमुख कारण नै नाफा बुक रहेको ब्रोकर बताउँछन् । गत साता ७३ अंक बढेको थियो । गत साता मात्रै होइन, समग्र विगत एक महिनामा बजार २७७ अंक अर्थात् १०.३६ प्रतिशत बढेको छ ।

गत फागुन १७ गते नेप्से परिसूचक २६७३ अंकमा थियो भने आज आइतबार बजार २९५० अंकबाट खुलेको हो । ‘कतिपयले बेच्नका लागि पनि उपयुक्त समय पर्खिएका हुन्छन्, नयाँ सरकार बनेको मौकामा धेरै परिमाणमा सहज रुपमा बेच्न सकिने भएकाले त्यो मौका सदुपयोग भएको हुन सक्छ’ एक ब्रोकर कम्पनीका सञ्चालकले भने ।

विगतमा पनि यस्ता घटनाक्रम हुने गरेको ब्रोकर सञ्चालकहरु बताउँछन् । ‘बजार जहिले पनि एक कदम अगाडि हुन्छ, केही नयाँ परिवर्तन हुनुभन्दा पहिले नै सोअनुसार प्रतिक्रिया जनाउने गर्छ, तर परिवर्तन भएको हुन्छ, त्यसपछि बजारले उल्टो प्रतिक्रिया जनादिएका विगतमा पनि देखिन्छ’ ती सञ्चालकले भने ।

अर्कोतर्फ नयाँ सरकार बनेसँगै धरपकड बढेकाले सडक तातिएको छ । यसले पनि मनोविज्ञानमा केही असर परेको जानकार बताउँछन् । ‘पुराना राजनीतिक दलका नेता पक्राउ पर्नु र ती दलका संगठनले विरोध प्रदर्शन चर्काउन सक्ने डरले पनि बजारमा केही नकारात्मक प्रभाव देखिएको हो’ उनले भने ।

हालै नेप्सेले मार्जिन कारोबारका लागि समेत कार्यप्रक्रिया समेत तयार गरेको छ । यसले पनि आइतबारको बजारलाई सकारात्मक प्रतिक्रिया जनाउन सक्ने अनुमान थियो ।  तर बजारको प्रारम्भिक कारोबारले भने अन्तिम समयसम्म ओरालोमै रहने संकेत देखाएको छ ।





Source link

Releated Posts

LARRY KUDLOW: Trump has smashed Iran’s capabilities for decades

FOX Business host Larry Kudlow discusses what is next in efforts to end the Iran conflict on ‘Kudlow.’…

ByByNews on SantoshHub Jun 17, 2026

AbbVie: Maintaining My Strong Buy Rating After Label Expansion

AbbVie: Maintaining My Strong Buy Rating After Label Expansion Source link

ByByNews on SantoshHub Jun 17, 2026

Rivian lays off hundreds in service division as it restructures teams

SlateStone Wealth chief market strategist Kenny Polcari discusses whether investors are too dependent on AI, Space X’s IPO…

ByByNews on SantoshHub Jun 17, 2026

Five International Dividend Growers Your Screen Is Distorting

This article was written by Follow Dr. Joseph E. Jones is a professor at The University of Southern…

ByByNews on SantoshHub Jun 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top