काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेर २ हजार ९ सय ३५.९४ विन्दुमा कायम भएको छ । बुधबार नेप्से परिसूचक घटेतापनि कारोबार रकम भने बढेको छ ।
मंगलबार १४ अर्ब ८३ करोडको कारोबार भएकोमा बुधबार १५ अर्ब ९ करोड चार लाख १६ हजार ८४६ बराबरको सेयर किनबेच भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो । बुधबार धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।
व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशत बढ्यो । यस समूहमा दुई कम्पनी सूचीकृत रहेकोमा तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ३.७७ प्रतिशत बढेसँगै व्यापार समूह बुधबार सबैभन्दा धेरै बढेको हो ।
त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत बढेको छ । अरु सबै समूहका सूचक घटे । बैंकिङ १.४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ तथा अन्य समूह १.७० प्रतिशत घटे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत घट्यो । सालपा विकास बैंकको ६.९९, कर्पोरेट डेभलपमेन्टको ६.७१, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो ।


















